कालिकोटकी ७ वर्षिया बालिकाको बेंगलोरमा दुस्कर्मपछि आमाकै अगाडि हत्या

बैतडी । कालिकोटको नरहरिनाथ गाउँपालिका ४ रुपसा अदेलाकी ७ वर्षीय रश्मी बोकटीको भारतको बेंगलोरमा दुस्कर्मपछि हत्या भएको छ ।
कामको सिलसिलामा भारतको बेंगलोर बस्दै आएका दिपेन्द्र बोकटी र सुशीला कुँवरकी छोरी रश्मीको डेरामै भएका बेला बिहारका अन्दाजी २५ वर्षीय युवकले दुस्कर्मपछि हत्या गरेको भन्दै त्यहाँस्थित नेपालीहरू आन्दोलनमा उत्रिएका छन् ।

बेंगलोरस्थित नेपाली सङ्घसंस्था र सामाजिक अभियान्ताहरुले गत सोमबारदेखि नाराबाजी गर्दै आन्दोलन गरिरहेको बैतडीका धनिराम बिकले बताए । मृतककी आमाले हत्या गरिरहेको देखेपछि चित्कार गर्दै लट्ठी प्रहार गरे पनि घाँटी थिचेर हत्या गरेको बताइएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको विषयमा सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाही र पीडित परिवारलाई राहतको माग गर्दै आवाज उठाइएको छ । भारतको बेंगलोरमा नेपालीहरूका लागि रोजगारीको आकर्षक ठाउँ बने पनि त्यहाँ महिनैपिछे नेपाली माथि दुःखद घटना हुँदै आएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
