कुलमानलाई हटाइएकोप्रति सत्तारुढ कांग्रेसका गगन-विश्वप्रकाशदेखि प्रचण्ड राजेन्द्रसम्मको विरोध

काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानके कारण लोडसेडिङ हटेको बताउँदै सरकारको कदमको विरोध गरे । ‘सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि असन्तुष्टि व्यक्त गरेका छन् । थापाले सरकारले उल्टो बाटो हिँडेको टिप्पणी गरे । मन्त्रीले बाटो बिगारे प्रधानमन्त्रीले सम्हाल्नुपर्नेमा यहाँ प्रधानमन्त्रीले नै अनुमोदन गरिदिनु गलत भएको उनको भनाइ छ । सरकारका कामका बारेमा असन्तुष्टि सलबलाइरहेको र त्यसलाई सम्बोधन गर्नुपर्नेमा सरकारले आगोमा घिउ हालेको थापको भनाइ छ ।
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो..तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाले लेखेका छन् ।
त्यस्तै, महामन्त्री शर्माले भने सरकारले कुलमानलाई हटाउने निर्णय समयोचित नभएको भन्दै विमति प्रकट गरेका छन् ।
त्यस्तै, राप्रपाका अध्यक्षले अब देश पुनः ऊर्जा संकट हुन सक्ने जोखिम बढेको भन्दै सरकारको कदमको विरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने बत्ति निभाएर विरोध गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
