राष्ट्रिय समाचार

श्रम मन्त्रालयको गाडी प्रकरणले सरकारको ध्यानाकर्षण, सवारी साधनको विवरण एक साताभित्र उपलब्ध गराउन सर्कुलर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी दुरुपयोग भएको प्रकरणले सरकारको ध्यानाकर्षण भएको छ ।

मन्त्रालयको गाडी हराएको र फेरि भेटिएको समाचार सार्वजनिक भएपछि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग, बोर्ड, समिति, निकाय तथा मातहतका कार्यालयमा रहेका सवारी साधनको विवरण संकलन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयले सबै निकायले आइतबार गरेको परिपत्रमा भनिएको छ, ‘सवारी साधनको नाममा दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित टेबुलको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ।’

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गरेको परिपत्रमा सबै निकायलाई आफ्ना मातहतमा रहेका सवारी साधनको विवरण प्रधानमन्त्री कार्यालयमा पठाउन भनिएको छ । जसमा सवारी साधनको प्रकार, सवारी साधन नम्बर, प्रयोगकर्ताको नाम, पद, स्थायित्व (कसरी प्रयोग भइरहेको) लगायतको विवरण खुलाएर पठाउन भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले उक्त जानकारी राष्ट्रिय सतर्कता केन्द्र समेतलाई गराएको छ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।