जलवायु

रसुवा बाढी : मृत्यु हुनेको संख्या ११ पुग्यो, थप दुई जनाको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२६  असार, काठमाडौं । रसुवाको भोटेकोशी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको बाढीमा परी बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको छ ।

एक जनाको चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा र अर्का व्यक्तिको नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा शव फेला परेको हो ।

बिज्ञापन

यससँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि ४ जनाको शव र ५ जनाको मानव अंग विभिन्न स्थानमा फेला परेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीको टोलीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको छ ।

बाढिको कारण सडक अवरुद्ध भएकाले सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई थप १ सय ४३ जनालाई सुरक्षित गन्तब्यतर्फ पठाएको छ ।

हालसम्म बाढीको चपेटमा परेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।

बाढीले तिब्बततर्फ अड्किएका ९१ जना नेपालीलाई केरुङमा चिनियाँ सरकारको पहलमा खाना बस्नको व्यवस्था मिलाइएको शसस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

बाढीमा परेर बेपत्ता भएका मध्ये ९ जनाको अवस्था अझै अज्ञात छ । बाढीमा परेर ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका थिए । फेला परेका शवमध्ये अहिलेसम्म एक जनाको मात्र पहिचान खुलेको छ । बाँकी शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।