ट्रम्पलाई चीन भ्रमणको निम्तो, चाँडै जाने तयारी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पत्रकारसँग कुरा गर्दै चीनबाट निम्तो आएको र ट्रम्प भ्रमणका लागि तयार रहेको जानकारी दिएका हुन्।
लोक कल्याणकारी विज्ञापन

रुबिओले भने, ‘यो भ्रमण उहाँ (ट्रम्प) आफैँ गर्न चाहनुहुन्छ, त्यसैले हामी त्यसका लागि उपयुक्त मिति खोज्न काम गर्नेछौं। तर मलाई पक्का छ कि यो भ्रमण हुनेछ, किनभने दुबै राष्ट्रपतिहरू यसलाई चाहनुहुन्छ।’
लोक कल्याणकारी विज्ञापन

आसियानको भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी सँग भेटघाट भएको प्रसंगमा पत्रकारले चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीचको सम्भावित भेटबारे प्रश्न गरेका थिए।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

