भियतनाममा डुंगा दुर्घटना हुँदा ३४ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

४ साउन, काठमाडौं । भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् ।
लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए ।
बिज्ञापन

पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । उद्धारकर्ताले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
