राजनीति

कुनै पनि पार्टीलाई अब एकल बहुमत ल्याउन गाह्रो छ : देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी व्यवस्थाका कारण नेपालका कुनै पनि पार्टीले अब एकल बहुमत ल्याउन मुस्किल रहेको बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने बताएका हुन् । 

कांग्रेस धादिङका पूर्वसभापति स्वर्गीय भरतप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धादिङको धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । 

बिज्ञापन

‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधत्व भएको छ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ । बहुमत ल्याउने वातावरण बनाउनका निम्ति गुटको अन्त्य गरि पार्टी एकता जरुरी छ,’ उनले भने । 

कांग्रेसले केही सुधार र प्रयास गर्ने हो भने बहुमत ल्याउन सकिने उनले बताए ।  ‘जनताका हितमा काम गर्नुपर्छ । गुटको अन्त्य गरि पार्टी एक हुनुपर्छ । त्यति गरे कांग्रेसले बहुमत ल्याउन सक्छ,’ उनले भने ।  

कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताएका छन् ।  स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर मात्रै बन्ने उनको भनाइ छ । 

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, सशांक कोइरालालगायत केन्द्रीय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पूर्व सभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नेता उप्रेतीका विगतका संघर्ष तथा त्यागको स्मरण गर्दै प्रशंसा गरेका थिए । 

१९८५ सालमा धादिङको नौबिसेमा जन्मिएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा गत २८ असारमा निधन भएको थियो । बिहीबार श्रद्धाञ्जली सभा गरिएको हो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।