कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

९ साउन, धनगढी । कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताए ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले दुवैको घरमा खानतलासी गर्दा बन्दुक बरामद गरिएको चन्दले बताए ।
बरामद दुई वटै बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
