घटना

कैलालीको लम्की-चुहामा हाइमास्ट लाइटको पोलमा ट्रक ठोक्किएपछि…

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुर चोकको हाई मास्ट लाइटको पोलमा ट्रक ठोक्किएको छ।

शनिवार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत बिच सडकमा राखिएको हाई मास्ट लाइटको पोलमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २७८१ नम्बरको ट्रक ठोक्किएको हो। ट्रकको ठक्करबाट पोल ढलेपछि हाइमास्ट लाइट क्षतविक्षत भएको छ।

बिज्ञापन

दुर्घटनामा ट्रकका सह चालक पुनर्वास नगरपालिका–११ का सुमन सन्यासी घाइते भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। उनको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ट्रक पोलमा ठोक्किएर दुर्घटना भएको थियो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।