सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा विपतमा परेर ४० जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०८१÷८२ मा १९ पुरुष र २१ महिलाले विपत्को घटनामा ज्यान गुमाएका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङमा सबैभन्दा बढी ११, पहिरोमा सात, बाढीमा छ जनाले ज्यान गुमाएका छन्।

बिज्ञापन

यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका जनाइएको छ । यस अवधिमा ८८ पुरुष र १११ महिला गरी १९९ जना घाइते भएको केन्द्रको बुलेटिनमा उल्लेख छ। २०८१ साउन १ देखि असार ३२ गतेसम्म प्रदेशमा ७९७ वटा विपत्का घटना भएका थिए। घटनामा दुई हजार ३८० परिवार प्रभावित भएका छन्। 

यसै गरी १७२ घरमा आंशिक र १०७ घरमा पूर्ण क्षति भएको जनाइएको छ। विपत्का घटनाबाट १०१ गोठ र ४८२ चौपायाको क्षति भएको बुलेटिनमा उल्लेख छ। विपत्का घटनाका कारण वर्षभरिमा ३७ करोड १८ लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।