सगरमाथा सांस्कृतिक कलाघर ब्याङ्लोरको वार्षिक उत्सव सम्पन्न

ब्याङलोर, २७ जुलाई । सगरमाथा सांस्कृतिक कलाघर ब्याङ्लोरको प्रथम वार्षिक उत्सव कार्यक्रम हिजो आइतबारका दिन भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले आफ्नो एक वर्षे यात्राको स्मरण गर्दै रंगीन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।


कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष दल बहादुर बोहराले गर्नु भएको थियो भने प्रमुख अतिथि सोनु साउँद र विशिष्ट अतिथि जनकराज ढुंगानाले विशेष उपस्थिति जनाउनुभएको थियो ।
उद्घाटन कार्यक्रम सभापति, प्रमुख अतिथि तथा विशिष्ट अतिथिको संयुक्त उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सचिव पूजा छेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने मंगल गुरुधामीले कार्यक्रम सञ्चालनको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमको व्यवस्थापनमा उपाध्यक्ष नरेश भण्डारी, माया मगर, दिया बिष्ट, र शलीना थापा सक्रिय रुपमा संलग्न थिए । अतिथि सम्मानको जिम्मेवारी पूजा बुढा छेत्री र रेखा बम शाहीले सफलता पूर्वक निर्वाह गरका थिए ।


कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेका सांगीतिक प्रस्तुतिहरूले दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाएको थियो । चर्चित तथा उदीयमान कलाकारहरू जस्तै दिपेन्द्र शाही, दिनेश ताम्राकार, पुष्पा आचार्य, गोकर्ण खाती, चन्दा बोहरा, सरोज सरगम, रोमियो सुमन, मनिषा मगर, भरत खड्का लगायत अन्य थुप्रै कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।
यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुबीच आपसी एकता, सौहार्दता र संस्कृति प्रतिको सम्मानलाई अझ प्रगाढ बनाएको आयोजकहरुले जनाएका छन्।् ।
यस्तै गरेर यहि दिन बेङ्लोरमा अर्को कार्यक्रम पनि सम्पन्न भएको छ, जसमा प्रवासी नेपाली मन्च भारत कर्णाटका राज्य समिति अन्तर्गतको महिला बिभागले कब्बन पार्कमा सयौं दिदी–बहिनीहरुको उपस्थितिमा तीज र गौरा पर्व विशेष कार्यक्रम सम्पन्न पारेको छ । त्यहाँ उपस्थित महिला दिदी–बहिनीहरुले अत्यन्तै मौलिक रुपमा थपडी बजाएर नेपाली झोरा गीत र नृत्य गरेका थिए । यो कार्यक्रमको अध्यक्षता राज्य महिला बिभाग प्रमुख भावना जैसीले गर्नु भएको थियोे भने प्रमुख आथित्यता त्यो सङठन कि केन्द्रीय सदस्य तथा केन्द्रिय महिला बिभाग प्रमुखले गर्नु भएको थियोे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.