सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना यी हुन्

काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ ।
प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् ।
सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।
हराएको हायु परिवारका सदस्यहरुः
१) बर्ष ५२ की उर्मिला हायु (आमा)
२) बर्ष २७ की कमला हायु (छोरी)
३) बर्ष २३ की कोमल माया हायु (बुहारी)
४) बर्ष २२ की उषा हायु (छोरी)
५) बर्ष १९ की सुजता हायु (छोरी)
६) बर्ष १८ की अस्मिता हायु (छोरी)
७) बर्ष १२ की सान्ता हायु (छोरी)
८) बर्ष २९ को राजु हायु (छोरा)
९) बर्ष २४ को हिमाल हायु (छोरा)
१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) बर्ष ११ को लक्की हायु (छोरा)
१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) बर्ष १ को अर्जुन हायु (नाती)
१६) बर्ष ४ की रियासा हायु ( नातिनी )

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.