सुदूरपश्चिम प्रदेश

ऊर्जा मन्त्री खड्काको अत्तरियाको विद्युत् कार्यालयमा छड्के अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अत्तरिया । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अत्तरियामा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले छड्के अनुगमन गरेका छन् ।

अत्यधिक बत्ती जाने समस्याको गुनासो आएपछि सोमबार मन्त्री खड्काले प्रादेशिक कार्यालय अत्तरियामा छड्के अनुगमन गरेका हुन । मन्त्री खड्काले प्रादेशिक कार्यालयको गतिविधिबारे जानकारी लिन र समस्या बुझ्न अकस्मात् कार्यालयमा आएको बताए । उनले ट्रिपिङको समस्या धेरै भएकाले यसलाई सुधार गर्न र छिटो छरितो सेवा दिन निर्देशन दिएको बताए ।

बिज्ञापन

छड्के अनुगमनका क्रममा उनले प्रादेशिक प्रमुख जङ्ग बहादुर चन्दलाई यस क्षेत्रमा विद्युत्मा देखिएको समस्याका बारेमा जानकारी लिएका थिए । मन्त्री खड्काले समस्या देखिएका ठाउँमा तत्काल एक्सन लिन र ग्राहलाई कुनै समस्या भएमा जानकारी दिन निर्देशन दिएका थिए ।

प्रादेशिक प्रमुख चन्दले केही ठाउँमा अझै पनि पोलहरूमा मसिनो तार भए पनि बजेट अभावका कारण फेर्न नसकेको बताए । उनले गत वर्ष ३२ करोड माग गरे पनि ५ करोड मात्रै पाएको बताए । उनले कैलाली कञ्चनपुरमा सर्किट छुट्याउन काम गरिरहेको बताए ।

उनले महेन्द्रनगर देखि दोधारा चाँदनी लाइन भारतको बाटो भएर लगिएकाले मर्मत गर्न समस्या भएको बताए । उनले भने ‘भारतको बाटोबाट लाइन गएकाले मर्मत गर्न पनि समस्या छ । भारतको अनुमति लिनुपर्ने हुन्छ ।’
उनले यस विषयमा २र३ पटक फाइल उठाए पनि फाइल थन्किएको बताए । उनले यो लाइन नेपाल टु नेपाल भए सहज हुने बताए । उनले नेपाल टु नेपाल लाइन बिस्तार गर्न ५ करोड खर्च लाग्ने बताए

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।