बिश्व

अस्ट्रेलियामा अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अस्ट्रेलियाले अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध लगाउने भएको छ । अष्ट्रेलियाली सरकारले बुधबार १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टापछि युट्युबमा  पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

१६ वर्षमुनिका किशोरकिशोरीहरुको लागि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धमा युट्युब पनि समावेश गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले जनाएको छ ।

बिज्ञापन

यसअघि युट्युबलाई यो प्रतिबन्धबाट अलग राखिएको थियो । तर अहिले सोही छुटलाई उल्ट्याएको हो । गुगलको स्वामित्वमा रहेको युट्युबलाई छुट दिएको थियो। उक्त प्रतिबन्ध २०२५ डिसेम्बर १० देखि लागू हुने उल्लेख गरिएको छ ।

बुधबार घोषणा गर्दै अस्ट्रेलियाली सरकारले भन्यो–अब युट्युब पनि त्यो सूचीमा पर्नेछ, जहाँ किशोर उमेरका प्रयोगकर्ताहरूलाई पहुँच रोक लगाइनेछ। यस निर्णयले अब कानुनी चुनौतीको सम्भावना पनि देखिएको छ।

यो कदम अस्ट्रेलियाको इन्टरनेट नियामक संस्थाको सिफारिसपछि आएको बताइएको छ । नियामकले सरकारलाई युट्युब प्रतिबन्ध गर्न आग्रह गर्दै हालैको एक सर्वेक्षण अनुसार ३७ प्रतिशत नाबालकहरूले युट्युबमा हानिकारक सामग्री देखेका छन्, जुन सबै सामाजिक सञ्जालमध्ये सबैभन्दा खराब नतिजा  भएकाे उल्लेख गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।