सुदूरपश्चिम प्रदेश

महिनावारी भएका बेला बाजुराका महिला दुध, दही खानबाट वञ्चित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । बाजुरामा महिनावारी भएका महिलालाई गाईभैँसीको दुध खान वञ्चित गरिँदै आएको छ । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई दुध, दही र मही दिएपछि घरमा अनिष्ट हुने तथा गाईभैँसी नब्याउने भन्ने डर देखाउँदै आएपछि उनीहरू ती चिज खानबाट वञ्चित हुँदै आएका हुन् ।

धामीझाँक्रीकै कारण महिनावारी हुँदा दुध, दही र मही जस्ता पौष्टिक तत्व खान नपाएको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका सीता नेपाली (नाम परिवर्तन) ले बतान्इ । उनले भनिन्, “बिरामी भएर अस्पताल जाँदा डाक्टर दुध, दही, मही जस्ता पोसिला खाने कुरा खानु पर्छ भन्नुहुन्छ तर घरमा सासूससुराले दुध, दही त के घरको कोठामा समेत सुत्न दिँदैनन् ।”

बिज्ञापन

बाजुराको स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदहलगायतका ठाउँमा महिनावारी हुँदा अहिले पनि महिला छाउगोठमा बास बस्ने गरेका छन् । ‘छाउपडी कोदोको रोटी सुत्केरी घिउ खानी’ भन्ने उखान यहाँ प्रचलित छ । यहाँ महिनावारी हुँदा सुक्खा रोटी र सुत्केरी हुँदा घिउ दिइन्छ । यहाँ महिनावारी भएका महिलाले गाईभैँसी छोए कन्या केटीमार्फत सात वटा मुहानको पानी ल्याउन लगाइन्छ । त्यो पानीमा सुन राखी तिनै कन्या केटीबाट गाइभैँसीलाई नुहाउन लगाइन्छ । 

यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलाले छाना छोएमा त्यहाँ गाईभैँसी राख्नुहुँदैन भनी डर देखाउँछन् । छाना छोएमा यहाँका स्थानीयले छानामा बोका काटेर पूजापाठ गर्ने गरेको नेपालीले बताइन् । बाजुरामा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले छाउप्रथा अन्त्यको प्रयास गरे पनि यो अहिलेसम्म कायम छ । जिल्ला प्रहरी कार्यालय बाजुराले भने यहाँ निर्माण गरिएका सात सयभन्दा बढी छाउगोठ भत्काइएको जनाएको छ ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।