जलवायु

भारतको उत्तराखण्डमा आरीघोप्टे वर्षापछि भीषण बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ ।

लोक कल्याणकारी विज्ञापन

एक प्रत्यक्षदर्शीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले पहिले कहिल्यै यस्तो विपत्ति देखेको थिइनँ ।’

बिज्ञापन

बाढीग्रस्त क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धारका टोलीहरू परिचालन भइसकेका छन् ।

भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार समेत गरिसकेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन