जलवायु

उत्तराखण्डको बाढीमा १७ जना नेपालीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । उत्तराखण्डको बाढीमा १७ जना नेपालीको मृत्यु भएको छ । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको उत्तराखण्डमा भीषण बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उक्त बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिकसमेत परेको खबरले आफू थप चिन्तित बनेको बताउँदै उनले उद्धारका लागि तत्काल कूटनीतिक पहल थालिएको जानकारी दिएका छन् ।

आफ्नो औपचारिक भ्रमणका क्रममा तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति चासो व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।’

बिज्ञापन

प्रधानमन्त्री ओलीले प्रभावित नेपालीहरूको उद्धारका लागि नेपाली दूतावासमार्फत तत्काल कूटनीतिक छलफल अघि बढाइएको स्पष्ट पारेका छन् । बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।