मनसुन केही कमजोर, थोरै ठाउँमा भने भारी वर्षाको सम्भावना

२ भदौ, काठमाडौं । आज पनि मनसुन केही कमजोर हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाले जनाएको छ । त्यसैले देशभर साधारणतया बदली रहनेछ ।

आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागलगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको तराई र बाग्मतीको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
