बिश्व

अमेरिकाले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

३ भदौ, काठमाडौं । अमेरिकाले ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित थिए ।

यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफल भनिएको छ । यो नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समेत कडाइ गरिएको छ।

विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भनेर स्पष्ट गरेको छैन ।

ट्रम्प प्रशासनले प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध पनि कारबाही गर्दै उनीहरूलाई यहुदी–विरोधी व्यवहार गरेको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका अनुसार, ६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा रद्द गरिएको हो । त्यस्तै, २०० देखि ३०० भिसा ‘आईएनए ३(बी) अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दा’ मा रद्द गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।