मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

४ भदौ, काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए ।
पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो ।

सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसदका केही समितिहरूमा काम गर्थे । साथै उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कम उमेरका बोर्ड अध्यक्षसमेत थिए ।
एसडीपीकी नेतृ टायटी टुपुरैनेनले भनिन्, ‘इमेलीको मृत्युले हामीलाई अत्यन्तै दुःखी बनाएको छ। उनी सबैलाई निकै मन पर्ने नेता थिए । यति कम उमेरमा उनको निधन हुनु निकै पीडादायी छ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
