राष्ट्रिय समाचार

सञ्चार मन्त्रालयले भन्यो– भिपिएन प्रयोग नगर्नू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालमा सामाजिक सञ्जाल बन्द गरेको सरकारले त्यस्ता सामाजिक सञ्जाल चलाउने भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग नगर्न भनेको छ। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित, अनधिकृत र जोखिमयुक्त हुने भन्दै भिपिएन प्रयोग नगर्न आग्रह गरेको हो।

‘नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त भिपिएन प्रयोग नगर्न, नगराउनसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।