राजनीति

आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भयाे : शेखर कोइराला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कांग्रेस नेता डा. शेखर कोईरालाले आजबाट वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् । देशभर भएको जेनजी पुस्ताको आन्दोलनमा प्रहरी प्रशासनले गरेको निरंकुश क्रुर व्यवहारको निन्दा गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो वक्तव्य सार्वजनिक गरेका हुन् ।  

उनले वक्तव्यमा भनेका छन्– आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरूमाथि बर्बरर ढंगवाट गोली प्रहार गरेको छ । त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।

बिज्ञापन

श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु । तपाईंहरूका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवादभन्दा अरु के होला र ? देशबाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।

उनले आजबाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको  र  सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।