सुदूरपश्चिम प्रदेश

मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालय तोडफोड गरेकाे आरोपमा सात पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिए ।

वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भएपनि विवरण खुलाइएको छैन । पक्राउ परेका र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

बिज्ञापन

चार वटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर, कुर्सी तोडफोड तथा तथा सम्पूर्ण कागजातहरु च्यातेर नष्ट पारिएको वडा अध्यक्ष धामीको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।