१५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने देउवाको घोषणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट बिदा लिने दोहोर्याएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औँ महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकैजना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
