राजनीति

भदौ २३ र २४ गते जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भयो : देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते भएको जेन–जीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शनले अर्कै रूप लिँदा निर्दोष नवयुवकहरूले ज्यान गुमाएको बताए । 

बिज्ञापन

जेन–जी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले गरेको लिखित सम्बोधन भनेका छन्, ‘गत भदाै २३ गते जेन–जीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो, निर्दोष नवयुवकहरूको ज्यान गयो ।’

उनले थपे, ‘यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ ।’ देउवाले भने, ‘भदाै २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालयजस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू र राजनीतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर, डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो ।’

यी सबै पृष्ठभूमि उल्लेख गर्दै उनले भने, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।