राजनीति

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्तरिम सरकारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले चुनाव सफल पार्न सबैलाई आग्रह गरे ।

त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने ।

बिज्ञापन

राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ‘संविधान ट्र्याकमा ल्याउने र संविधान संशोधनको विकल्पमा जाने विकल्प पनि यही हो । राष्ट्रिय सहमतिको आधारमा निर्वाचन सम्पन्न गर्न अपिल गर्न चाहन्छु,’ उनले भने ।

बृहत् वामपन्थी एकताको आवश्यकता प्रचण्डले औँल्याए । प्रचण्डले नेतृत्व छाड्न आफू तयार रहेको बताए । ‘कतिपय मानिसले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्नुपर्छ तयार छु । देश बच्न पर्‍यो, हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा परिणत गरिसकेको छु,’ उनले भने, ‘म सबैलाई राष्ट्रका निम्ति त्याग गर्न तयार रहन अपिल गर्छु ।’

भ्रष्टाचार अन्त्य, सुशासन, कार्यकारी प्रमुख र आर्थिक समृद्धिका लागि जेन–जी पुस्तासँग सहकार्य गरेर अगाडि बढ्न माओवादी तयार रहेको उनले बताए । ‘भ्रष्टाचार अन्त्य र सुशासनका निम्ति, कार्यकारी प्रमुख र आर्थिक समृद्धिका लागि बसेर सल्लाह गरौँ । एउटा रोडम्याप बनाऔँ,’ उनले भने । जेन–जीले २३ भदौको आन्दोलनबाट राजनीतिमा प्रवेश गरेको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।