मनोरञ्न

सिनेजगत्मा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कर्णाली । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो भएको बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

फाइन प्रिन्टद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा नवराज केसीसँगको अन्तरङ्गमा महानायक उपनाम पाउनुभएका हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाए ।

लोक कल्याणकारी विज्ञापन

मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।”

बिज्ञापन

आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तुलाई उल्लेख गरेको महानायक हमालले बताए ।

डा केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उनिसँग अन्तसंवाद गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन