प्रवास

भारतको पुनामा अछामका एक बालकको किड्नी निकालेर हत्या गरिएको आशंका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुना सम्वादाता
पुना, २६ मंसिर । भारतको पुनामा अछामका एक बालकको किड्नि निकालेर हत्या गरिएको आशंका गरिएको छ ।
अछाम जिल्ला ढकारी गाउँपालिका वडा न. २ फाटाबगर निवासी डबले सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्कीको भारतको महाराष्ट्र राज्यको पुना शहर स्थित हडप्सरमा बालकलाई अपहरण गरेर निर्मम–क्रूर तरीकाले बालकको किड्नी निकालेर हत्या गरेर रेल लाईनमा फालेको अवस्थामा बालकको लास फेला परेको छ ।
उनी १० डिसेम्बर साँझदेखि आफू बस्दै आएको पुनाको हड्प्सर स्थित घरबाट बेपत्ता भएका थिए । उनका परिवार, इष्टमित्र, प्रवासी नेपालीहरुले खोज तलास गर्दा पनि नभेटिएपछि त्यसको भोलिपल्ट अर्थात २५ मंसिरमा रेल्वे ट्रयाकमा लास भेटिनुबाट सबैलाई स्तब्ध तुल्याएको छ । त्यस प्रकारको गैर मानवीय हृदय विधारक घटनाले प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई गहिरो ठेस तथा मर्माहत तुल्याएको छ ।
परिवारका अनुसार मृतकलाई अपहरणकारीले कुटपिटपछि हत्या गरेर किड्नी निकालेको आशंका गरेका छन् तर किड्नी निकालेको औपचारिक छानबिन तथा तथ्य बाहिर नआएकोले छानबिनपछि मात्र पुष्टि हुने छ । घटनाको छानबिन पुना प्रहरी प्रशासनले गरिरहेको छ । यस समाचारले ११ वर्षे अबोध बालकमाथि गरिएको क्रुर अमानवीय हत्याप्रति सबैलाई सजग र सचेत पनि गएको छ । घटनाको सत्य–तथ्य छानबिन गरी यथाशीघ्र दोषीलाई कारबाही होस् भनि मृतकका परिवारको अपिल छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।