राष्ट्रिय समाचार

प्लाइउड उद्योगमा लुकाएर राखिएको १८० बोरा युरिया मल बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कपिलवस्तुमा भारतबाट तस्करी गरी भित्र्याइएको ठुलो परिमाणको युरिया मल सशस्त्र प्रहरीले बरामद गरेको छ। स्थानीय तस्कर समूहसँग मिलेर प्लाइउड उद्योगभित्र लुकाएर राखिएको १८० बोरा भारतीय युरिया मल नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरीका अनुसार शिवराज नगरपालिका–७, रुद्रपुरस्थित जय अम्बे प्लाई उड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र ट्रकमार्फत भित्र्याइएको युरिया मल गोप्य सूचनाका आधारमा बरामद गरिएको हो।

बिज्ञापन

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) तुला चौधरीका अनुसार ट्रकमा लोड गरिएको युरिया मल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। बरामद  युरिया मल तथा प्रयोग गरिएको ट्रक आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयलाई बुझाएको उनले जानकारी दिए।

स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाई टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ। यसैकारण कपिलवस्तुमा रहेका करिब एक दर्जन प्लाई उड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्दै आएको हुनसक्ने आशंका गरिएको छ।

घटनापछि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्र र औद्योगिक क्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।