कार्यकर्तालाई ओलीको निर्देशन–एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई छोएको दिन देश ठप्प पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टी अध्यक्षमा तेस्रो पटक निर्वाचित भएपछि आयोजित शपथग्रहण कार्यक्रममा ओलीले एमाले नेतृत्वलाई छोएको दिन सरकार ढालिदिने चेतावनीसमेत दिए। जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले बयान लिने तयारी गरेपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो।

आफूविरुद्ध गलत हल्ला चलाएर नभएपछि भौतिक आक्रमण र जाली मुद्दा लगाउने ‘पञ्चायतकालीन कुकर्म’ सुरु भएको दाबी गर्दै उनले भने, ‘एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ।’
एमालेलाई छुनु संसारकै महँगो कुरा हुने चेतावनी दिँदै ओलीले थपे, ‘…ढालिने छ यो सरकार। त्यसका निम्ति नेकपा एमाले देशभरीबाट तयारी हालतमा बस्नुपर्छ। संसारमा केही महँगो पथ्र्यो भने एमालेलाई छुनु महँगो पर्ने छ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
