अवर्गीकृत

कोकिन लिएर काठमाडौं आएका एक थाई र दुई भारतीय नागरिक पक्राउ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कोकिन लिएर काठमाडौं आएका तीन विदेशी नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले एक थाई नागरिक र दुई भारतीयलाई पक्राउ गरेको हो। 

४० वर्षिया थाई महिला रुसान्की मारालाई मंगलबार सिनामंगलस्थित एक होटेलबाट प्रहरीले पक्राउ गरेको हो। उनी कोकिन राखिएका क्याप्सुल खाएर नेपाल आएकी थिइन्। प्रहरीले उनलाई अस्पतालमा लगेर स्वास्थ्यकर्मीको सहयोगमा पेटबाट ४१ वटा क्याप्सुल निकालेको थियो। क्याप्सुलभित्र ५५० ग्राम कोकिन बरामद भएको ब्युरोका डिएसपी जीवन निरौलाले बताए। ती महिला लाओसबाट थाइल्यान्ड हुँदै मंगलबार काठमाडौं आएकी थिइन्। 

बिज्ञापन

त्यस्तै, तीन किलो ७५० ग्राम कोकिनसहित दुई भारतीय सिनामंगलको सडकबाट पक्राउ परेका छन्। ५५ वर्षीय जेभियर म्याथु थालाचेरी र २१ वर्षीय मुरासलेन हुसेनलाई पक्राउ गरेको हो। म्याथुले कोकिन रािखएको सुटकेस हुसेनलाई दिन खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। म्याथु लाओसबाट सिंगापुर हुँदै नेपाल आएका थिए। कफीको प्याकेटभित्र लुकाएर उनले कोकिन तस्करी गरेका थिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।