राजनीति

कास्की–३ र गोरखा–१ बाट नेकपा संयोजक प्रचण्डको नाम सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गण्डकी प्रदेशका दुई क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सिफारिस भएको छ । जन्मथलो कास्कीसँगै गोरखाबाट प्रत्यक्षतर्फको निर्वाचनका लागि प्रचण्डको नाम सिफारिस भएको हो । 

कास्की क्षेत्र नम्बर ३ मा पर्ने अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएका प्रचण्डकोे नाम कास्की–३ बाट सिफरिस भएको हो । बिहीबार बसेको बैठकले प्रचण्डको नाम एक नम्बरमा राखेर पठाउने निर्णय गरेको नेता भानुभक्त अधिकारीले जानकारी दिए । 

बिज्ञापन

उम्मेदवार चयनका लागि पार्टीले दिएको निर्देशनअनुसार एक जेन–जी र महिलासहित पाँचजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकामा प्रचण्डबाहेक अन्य आकांक्षीको नाममा सहमति हुन नसक्दा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीसहित १५ जनाको नाम  पठाउने निर्णय बैठकले गरेको अधिकारीले जानकारी दिए । 

अन्य आकांक्षीहरूमा रामजी बराल ‘जीवन’, दुर्गा विक, कृष्ण नेपाली, भानुभक्त अधिकारी, भीम क्षितिज, बलराम सुवेदी, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भोजराज पौडेल, प्रेम पौडेल, गणेश आचार्य, शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारी रहेका छन् ।

यसैगरि गोरखा क्षेत्र नम्बर १ को बिहीबाार बसेको पार्टीको बैठकले प्रचण्डसहित पाँचजनाको नाम सिफारिस गरेको छ । प्रचण्डसँगै हरिराज अधिकारी, शोभा लामिछाने, जगन्नाथ खनाल र सागर श्रेष्ठको नाम सिफारिस बैठकले गरेको हो ।

गोरखा–२ बाट नारायणकाजी श्रेष्ठ, लेखनाथ न्यौपाने, हितराज पाण्डे, सानुमाया बस्नेत र अनिष अर्यालको नाम सिफारिस भएको छ ।

कास्कीमा जन्मपछि चितवन बसाइँसराइ गरेका प्रचण्ड यसअघि ०६४ मा काठमाडौं– १० र रोल्पा–२ बाट विजयी, ०७० मा काठमाडौं–१० बाट पराजित, सिराहा–५ बाट विजयी, ०७४ मा चितवन–३ र ०७९ मा सम्पन्न निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।