सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री शाहले धार्मिक पर्यटन विषयमा स्वामी रामदेव र आचार्य बालकृष्णसँग गरे छलफल 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको दिल्लीमा स्वास्थ्य उपचारको क्रममा स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको विषयमा छलफल गरेका छन््।

स्वास्थ्य समस्याका कारण नयाँ दिल्ली गएका मुख्यमन्त्री शाहले दुवैसँग सुदूरपश्चिममा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोगका लागि अनुरोध गरेका थिए।

बिज्ञापन

मुख्यमन्त्री शाह दायाँ खुट्टाको हड्डी र नसा सम्बन्धी समस्याबाट ग्रसित थिए र एक हप्ता अघि उपचारका लागि दिल्ली प्रस्थान गरेका थिए। म्याक्स अस्पतालमा एकचरणको उपचारपछि उहाँ मङ्गलबार स्थलमार्ग हुँदै स्वदेश फर्के।

शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार, उनले यसअघि धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको वीर अस्पतालमा पनि उपचार गरेका थिए।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।