सुदूरपश्चिम प्रदेश

बैतडीमा हल गोरु पाल्ने किसानलाई पाँच हजार प्रोत्साहन रकम दिइदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी: बैतडीमा परम्परागत खेती प्रणाली जोगाउन हल गोरु पालन गर्ने किसानलाई प्रत्यक्ष राहत उपलब्ध गराउने कार्यक्रम अघि सारिएको छ। जिल्लाका शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिकाका किसानलाई यस योजनाअन्तर्गत प्रोत्साहन रकम वितरण गरिने भएको छ।

लोक कल्याणकारी विज्ञापन

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानि दत्त पन्तका अनुसार, प्रत्येक पालिकाबाट ५०–५० जना गरी जम्मा २०० किसानलाई प्रतिकिसान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा सहभागि हुन इच्छुक किसानले आफ्नो पालिकाको पशु सेवा शाखामा तोकिएको मितिभित्र आवेदन दिनुपर्नेछ। हल गोरु पालनको प्रमाणका लागि फोटो, वडाको सिफारिस र परम्परागत खेती गर्दै आएको विवरण अनिवार्य हुनेछ।

बिज्ञापन

कम आम्दानी भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्ने किसानलाई प्राथमिकतामा राखिने पन्तले बताउनुभयो। यस योजनाका लागि सुदूरपश्चिमका सबै जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजेट विनियोजन गरेको छ।

यस कार्यक्रममार्फत परम्परागत खेती प्रणाली संरक्षणका साथै किसानको आम्दानी स्तरमा सुधार गर्ने अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन