राष्ट्रिय समाचार

११ महिनामा अमेरिकाबाट चार सय ४० नेपाली निष्कासित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

निष्कासनमा परेका केही ३० वर्षदेखि बस्दै आएका थिए अमेरिकामा

अमेरिकाले पछिल्लो ११ महिनामा ४४० नेपालीलाई निष्कासन गरेको छ । निष्कासित हुनेमा धेरै अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरू छन् । २० जनवरी २०२४ मा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासीमाथिको कारबाहीलाई तीव्रता दिएका हुन् । सोही अभियानअन्तर्गत ठुलो संख्यामा नेपालीसमेत परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

यसरी फर्काइनेहरूमा ३० वर्षदेखि अमेरिकामा बस्दै आएकासमेत रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनी बताउँछन् । विद्यार्थी भिसामा पुगेका केहीलाई पनि निष्कासन गरिएको छ । वैध रूपमा गएको भए पनि त्यहाँको कानुन उल्लंघन गरेका कारण पनि कतिपय निष्कासनमा परेका छन् । अमेरिकाले पटक–पटक चार्टड विमानमा नेपालीहरूलाई काठमाडौंमै ल्याएर छाड्ने गरेको छ । विगतको तुलनामा यो वर्ष निष्कासन हुनेको संख्या बढी छ । विगतमा एक वर्षमा करिब एक सय नेपाली निष्कासनमा पर्ने गरेको तथ्यांकले देखाउँछ । 

लोक कल्याणकारी विज्ञापन

पछिल्लो समय निष्कासनमा पर्नेहरूमा सबैभन्दा धेरै दाङ, त्यसपछि पश्चिम रुकुमका छन् । दाङका मात्र १८७ जना निष्कासनमा परेका छन् । त्यस्तै, पश्चिम रुकुमका १३० जना छन् । निष्कासनमा परेकामध्ये कसैले पनि हालसम्म जाहेरी नदिएको एसएसपी पंगेनी बताउँछन् । 

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन