राजनीति

रेशम–रञ्जिता राजनीतिक मिलापः आज पार्टी एकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रेशम चौधरी दम्पतीबिच फेरि ‘राजनीतिक मिलाप हुने भएको छ। पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी छाडेर तीन महिनाअघि मात्रै रेशमले नयाँ दल खोलेका थिए।  

पत्नी रञ्जितासँग सम्बन्ध बिग्रिदै गएपछि रेशमले भदौ २९ गते कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल नाम दिएर नयाँ दल खोलेका थिए। उक्त दलको संरक्षकमा आफू बसेका थिए।  

बिज्ञापन

तीन महिनापछि अहिले आएर पुनः दुवै दल एक ठाउँमा आउने भएका छन्। दुवै दलबिच शनिबार एकता तय भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले जानकारी दिइन्। ‘मैले नै पहलकदमी गरेँ। मिल्नै पर यो,’ रञ्जिताले भनिन्, ‘शनिवार पार्टी एकता हुन्छ।’  

कविर सोब नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि नै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धनको सहमति गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।