बिश्व

थाइल्यान्डले विष्णु मूर्ति भत्कायो, विश्वभर आक्रोश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

थाइल्यान्ड सरकारले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति आफ्ना सेनाले भत्काएको पुष्टि गरेको छ। थाइल्यान्डका अनुसार यो कदम धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्न र सुरक्षा सुनिश्चित गर्नका लागि थियो। उनीहरूले मूर्तिलाई धार्मिक स्थल नभई केवल सजावटी वस्तु भनेका छन्।

दुई छिमेकी देशबिच दुई हप्ताभन्दा बढी समयदेखि चलेको सैन्य झडपका क्रममा मूर्ति भत्काइएको हो। कम्बोडियाका अधिकारीहरूले यसको विरोध गरेका छन्। प्रेह विहार प्रान्तका प्रवक्ताले मूर्ति सन् २०१४ मा निर्माण भएको र सोमबार भत्काइएको बताए। कम्बोडियाले मूर्ति आफ्नो भूमिमा रहेको र धार्मिक महत्वको भएको दाबी गरेको छ।

बिज्ञापन

थाइल्यान्डले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता नभएको र केवल सजावटी तत्व मात्र रहेको स्पष्ट पारेको छ। मन्त्रालयले भनेको छ, ‘अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यका साथ मूर्ति हटाइएको थियो।’

मूर्ति भत्काइएको भिडियो यस हप्ता थाई सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो। गुगल नक्सा अनुसार मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटर टाढा रहेको देखिन्छ।

यो क्षेत्र लामो समयदेखि सीमा विवादको केन्द्र बन्दै आएको छ। भारतले पनि मूर्ति भत्काउनु ‘अपमानजनक कार्य’ भन्दै चिन्ता व्यक्त गरेको छ। यो घटनाले विश्वभरका हिन्दु धर्मावलम्बीलाई आहत बनाएको छ। 

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले ‘नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अंगहरूसँग तुलना गर्न सकिँदैन’ भन्दै विवाद नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन्। एजेन्सी 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।