अनौठो

चिनियाँ अर्बपतिले अमेरिकामा जन्माए १०० सन्तान !

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एकजना चर्चित चिनियाँ अर्बपति बारेमा सामाजिक सञ्जालमा चकित पार्ने दाबी सार्वजनिक भएको छ ।

अनलाइन गेमिङ कम्पनी  डुओयी का संस्थापक ४८ वर्षीय जू बो ले अमेरिकामा सरोगेसीको माध्यमबाट १००  भन्दा बढी सन्तान जन्माएको  दाबी गरिएको छ ।

बिज्ञापन

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार जू बोले आफूलाई चीनको पहिलो पिता भनेर चिनाउने गर्छन् ।  उनले आफ्नो लक्ष्य ठूलो संख्यामा सन्तान जन्माउने रहेको खुलासा पटक-पटक सामाजिक सञ्जालबाटै गर्दै आएका छन् ।

उनको कम्पनीसँग सम्बन्धित सोसल मिडिया अकाउन्टहरूमा समेत जू बोले अमेरिकाका सरोगेसी एजेन्सीहरू मार्फत १०० भन्दा बढी बच्चाका पिता बन्ने बाटो अपनाएको दाबी गरिएको छ ।३०० भन्दा बढी बच्चाको पिता हुनसक्ने आरोप

उता जू बोकी पूर्व प्रेमिका ताङ जिङ ले उनी वास्तवमा ३०० भन्दा धेरै बच्चाका पिता  भइसकेको हुनसक्ने दाबी गरेसँगै जू बो झनै चर्चा र विवादमा आएका छन् ।

ताङका अनुसार उनी आफैंले धेरै वर्षसम्म जूका ११ जना बच्चाको हेरचाह  गरेकी थिइन् । स्मरण रहोस् जू र ताङबीच हाल उनीहरुका दुई छोरीको संरक्षकत्व लाई लिएर कानुनी विवाद चलिरहेको छ ।

सन् २०२२ मा सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडियोको एउटा ठूलो घरभित्र धेरै स-साना बच्चाहरू बसेका देखिएका थिए । भिडियोमा बच्चाहरु  बाबा भन्दै दौडिएको देखिन्थ्यो। उक्त भिडियो उनी जू बोसँग सम्बन्धित भएको दाबी गरिएको थियो ।

यद्यपि डुओयी कम्पनीका एक प्रतिनिधिले ती दाबीहरूमध्ये अधिकांश गलत रहेको जिकिर ‘वाल स्ट्रिट जर्नल’सँग गरेका छन् । तर,  कुन-कुन दाबी गलत हुन् भन्ने कुरा भने उनले स्पष्ट पारेका छैनन्।

एलन मस्कबाट प्रेरित

रिपोर्टअनुसार जू बो  विश्वका सबैभन्दा धनी व्यक्ति तथा डेढ दर्जनभन्दा धेरै सन्तानका पिता एलन मस्क बाट पनि प्रेरित भएको बताइन्छ । उनले चिनियाँ सामाजिक सञ्जालमा भविष्यमा आफ्ना बच्चाहरूले एलन मस्कका बच्चासँग विवाह गरून् भन्ने इच्छा समेत व्यक्त गरेका छन् ।

अदालती कागजातअनुसार सन् २०२३ मा क्यालिफोर्नियाको एक अदालतले जू बोको शुक्रकिटबाट गर्भाधारण भई सरोगेसीमार्फत् जन्मेका तथा जन्मिन बाँकी बच्चाहरूका लागि पितृत्व अधिकार माग्दै उनले दायर गरेका निवेदनमाथि सुनुवाइ गरेको थियो ।

अमेरिकामा जन्मिएका २० भन्दा बढी बच्चाहरूको आफू कानूनी पिता बन्न चाहेको र उनीहरुले भविष्यमा आफ्नो व्यवसाय सम्हालुन् भन्ने चाहना रहेको जू बोले अदालतमा बताएका थिए । तर, न्यायाधीशले उनका सबै निवेदन खारेज गरिदिएका थिए ।

समाचार अनुसार उनका धेरै बच्चाहरु हाल अमेरिकाको क्यालिफोर्नियास्थित एउटा घरमा बसिरहेका छन् जहाँ उनीहरूको हेरचाह सुसारेहरुले गरिरहेका छन् । जू बोले कामको व्यस्तताका कारण अहिलेसम्म बच्चाहरूलाई भेट्न नपाएको तर भविष्यमा उनीहरूलाई चीन ल्याउने योजना रहेको कुरा पनि अदालतलाई जानकारी गराएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।