सुदूरपश्चिम प्रदेश

सेती अस्पतालमा सुत्केरी महिलाको मृत्यु, तेस्रो दिन शव उठाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु हुँदा शव तेस्रो दिन मात्रै उठाइएको छ्म कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ सिम्रानाकी ३३ वर्षीय  राधिका  नेपालीको पुस २३ गते मृत्यु भएको हो। २३ गते बिहान अस्पताल आएकी उनको शल्यक्रिया गरेर बच्चा जन्मेपछि अत्यधिक रक्तस्राव हुँदा मृत्युु भएको अस्पतालले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

पुस १३ गते सेती अस्पतालमा चेकजाँच गर्दा राधिकालाई पुस २३ गते शल्यक्रिया गर्ने मिति दिइएको मृतक राधिकाकी भाउजू मिना नेपालीले बताइन्। धनगढीकै एक मेडिकलमा नियमित चेकजाँच गराउँदै आएकी उनलाई पुस १३ गते प्ल्यासेन्टा अगाडि लागेको भन्दै सेती प्रादेशिक अस्पतालमा भिडियो एक्सरे गर्न र चेकजाँच गर्न पठाइको राधिकाकी भाउजू मिनाले बताइन्।

लोक कल्याणकारी विज्ञापन

राधिका गत असारदेखि आफ्नो माइतीघरमा बस्दै आएकी थिइन्। श्रीमान मिनबहादुर परियार रोजगारीका लागि भारतको पुणेमा रहेकाले उनी अस्पताल जान आउन सजिलो हुने भन्दै गोदावरी-८ स्याउलेस्थित माइतीघरमा बस्दै आएको मृतका बुवा तुलाराम नेपालीले बताए। ‘म र अर्को छोरी राधिकासँग २३ गते बिहान ८ बजे  डाक्टर भेट्न सेती अस्पतालमा पुगेका हौँ। डाक्टरले चेकजाँच गरेर दिउँसो १२ बजे शल्यक्रिया कक्षमा लगे, एक बजे बच्चा निकालियो, बच्चा जन्मेको करिब डेढ घण्टापछि पाठेघरको समस्या रहेकोे भन्दै रगत र औषधी मगाउन थाले,’ उनले भने, ‘सात पोका रगत चढाएर पनि छोरीलाई बचाउन सकिएन। डाक्टरले अत्यधिक  रक्तस्राव भएर मृत्यु भएको भनेका छन्।’

बिज्ञापन

सेती प्रादेशिक अस्पतालले भने प्ल्यासेन्टा अर्थात् साल पाठेघरमा जेलिएको तथा पाठेघरको भित्ता छेडेर निक्लिएकोले शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएकाले राधिकाको मृत्यु भएको जनाएको छ। मृतकका आफन्तले भने  बच्चा जन्मेको निकै बेरपछि पाठेघर फाल्नुपर्ने भनिएको दाबी गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन