मनोरञ्न

टीकापुर महोत्सवको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री कमल शाहद्वारा महोत्सवको उद्वघाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २७ पौष । टीकापुर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आज उद्योग वाणिज्य संघ टीकापुरले पत्रकार सम्मेलनको आयोजनागरि उक्त कुराको जानकारी गराएको हो ।

बिज्ञापन

संघका अध्यक्ष सन्तोष खड्काले महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहद्वारा पौष २९ गते विहान ११.३० बजे गरिनेछ । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्याटकीय सम्भावना: समृद्धि सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेलामा पौष २९ गतेदेखि माघ ११ गतेसम्म आयोजना हुने छ । पौष २९ गते बिहान प्रभात फेरिको कार्यक्रम रहेको छ र प्रभात फेरिबाट नै टीकापुर महोत्सवको शुभारम्भ हुनेछ, खड्काले बताउनुभयो ।

उहाँले आजसम्म २०० स्टलहरु बुक भइसकेका र महोत्सवको मुख्य आकर्षक रहेको थारु गाउँको पनि तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले यसपटक महोत्सवमा चित्रकला तथा फोटो प्रदर्शनी पनि राखिनुको साथै स्थानीय उत्पादनलाई विशेष महत्वका साथ प्राथमिकता दिइएको बताउनुभयो ।

यसपालिको महोत्सवमा करिब १५ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आङ्कलन गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काले २०६५ देखि महोत्सवको आयोजना निरन्तर हुँदै आएकोमा महोत्सवले अहिलेसम्म दिएको उपलब्धीलाई स्पष्ट पार्दै उहाँले भन्नुभयो कि महोत्सवको आयोजनाबाट हालसम्म लम्की–टीकापुर–खक्रौलारोडको निर्माण कार्य अन्तिम चरणमा पुगेको, सत्ति भंसार कार्यालय नेपाल–भारतको सीमामा सञ्चालनमा रहेको, चिसापानी–मङ्गलसेन सडक बाटोको निर्माण कार्य स्तरोन्नतीमा रहेको, कुइने स्थित कर्णाली नदीमा पुलको निर्माण कार्य सम्पन्न भएको, त्यस्तै सन्कट्टी स्थित कर्णाली नदीमा पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । त्यस्तै औद्योगिक क्षेत्रमा प्लास्टिक उद्योग, स्टिल उद्योग, खाद्य उद्योग लगायत साना तथा मझौला उद्योग स्थापना भएको, यस क्षेत्रमा सिचाई क्षेत्रमा पानीको अभावलाई पूर्ति गर्न राष्ट्रिय गौरव रानी–कुलरिया सिँचाई आयोजना भित्रर्याउन मुख्य भूमिका टीकापुर उद्योग वाणिज्य संघले निर्वाह गरेको बताउनुभयो ।

विगतका वर्ष जस्तै यस पटक पनि जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा स–साना बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।