घटना

डिउटीमा खटिएका प्रहरीको लडेर मृ,त्यु 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काभ्रेपलाञ्चोक डिउटीमा खटिएका प्रहरीका लडेर मृत्यु भएको छ। जिल्लाको खानीखोला गाउँपालिका–२, खानीडाँडामा  प्रहरी चौकी फलामेटार काभ्रेमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्काको मृत्यु भएको हो। 

सूचना संकलन तथा निर्वाचन प्रहरी  भर्नासम्बन्धी सूचना प्रवाहको लागि  खटिएका उनी सोमबार दिउँसो साढे तीन बजे मृत अवस्थामा भेटिएका थिए।  गोरेटो बाटोबाट करिब २५ मिटर तल झरेको अवस्थामा उनको शव भेटिएको जिप्रका काभ्रेपलाञ्चोकको प्रेस विज्ञप्तिमा उल्लेख छ। स्थानीयको खबरपछि प्रहरी चौकी फलामेटारका प्रहरी जवान मुरारी झा र प्रहरी चौकी तालढुंगा वरिष्ठ नायब निरीक्षक इन्द्रबहादुर राउतको कमान्डमा २ जनाको टोली खटिएर घटनास्थलको मुचुल्का गरेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवीटारबाट प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा ५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय, धुलिखेलबाट सोसहितको टोली खटिएको छ।  

बिज्ञापन

दोलखाको शैलुङ गाउँपालिका–५ घर भएका खड्काको मृत्युको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिप्रका काभ्रेका प्रवक्ता डिएसपी रविन बिष्टले बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।