मतपत्र ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै लुटेर भागेकामाथि मुद्दा चल्ने भएको छ।
बुथ कब्जा गर्नको लागि मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो।

तीन जनामाथि मुद्दा चले पनि नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको छ। यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिनाशर्त छाड्न माग गरेको छ।
यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले प्रतिनिधि र मतदाता सबै हिँडिसकेकाले अर्काे मिति ताेकिने बताए । उनले भने, ‘माइकिङ गरेर बाेलाउँदा पनि मतदाताहरु आउनुभएन । चुनावकाे लागि अब अर्काे मिति तोक्छाैं ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
