राजनीति

रास्वपाबाट सांसद बनिन् २०१९ कि मिस जनजाति एलिजा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट ४८ जना महिलाहरू छनोट गर्दा गोर्खाकी ३० वर्षीया एलिजा गुरुङ पनि त्यसभित्र अटाइन् । उनी संसदमा मात्र नभएर रास्वपाकी समेत ‘न्यू कमर’ हुन् ।

आदिवासी जनजाति महिलाको क्लस्टरमा १३ नम्बरमा रहेकी उनको खासै सम्भावना देखिएको थिएन । तर, रास्वपाले अनपेक्षित सिट जित्दै ४८ जना महिला समानुपातिकबाट निर्वाचित गर्नुपर्ने भएपछि उनको ढोका खुलेको हो ।

बिज्ञापन

गोर्खाको धार्चे गाउँपालिका २ स्थित दुर्गम गाउँ केरौंजामा जन्मिएकी एलिजा सन् २०१९ मा मिस जनजाति भएकी थिइन् । राष्ट्रिय नाचघरमा भएको प्रतिस्पर्धामा ९ जना प्रतियोगीलाई पछि पार्दै उनी विजेता बनेकी थिइन् । यस अर्थमा उनी अनुष्का श्रेष्ठपछि रास्वपाबाट सांसद बन्ने दोस्रो ‘सौन्दर्य प्रतियोगिता विजेता’ हुन् ।

धार्चेदेखि नै एलिजाले सामाजिक अभियानमा सक्रिय हुन थालेकी थिइन् । मिस जनजातिको ताजले उनको व्यक्तित्वलाई अलिकति उचाइ दियो । उनी गुरुङ जातीहरूको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय परिषद् र उत्तरी गोरखा तमु समाजको जिल्ला सदस्य भइन् । ह्युलाको भातृ संगठन तमुस्योंको महाधिवेशन प्रतिनिधि बनिन् ।

एलिजा कुनै समय नेपाली कांग्रेससँग नजिक थिइन् । तर रास्वपाको गठनपश्चात् उनी यसमा लागिन् र संस्थापक केन्द्रीय सदस्य बनिन् । यस आमनिर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयन गर्न पार्टीले गरेको आन्तरिक निर्वाचनमा पनि उनले भाग लिएकी थिइन् । उनलाई ११ हजार ४ सय ८९ मत आएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।