बुवाको ह,त्या गर्ने छोरा डेढ महिनापछि पक्राउ

विराटनगर । बाबुको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले डेढ महिनापछि पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
आफ्नै बाबुमाथि आक्रमण गरेको डेढ महिनापछि शुक्रबार पक्राउ परेका हुन् । इलाका प्रहरी को टोलीले श्रवणकुमारलाई झापाको गौरीगन्ज गाउँपालिका–६ देवीगन्जबाट पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार श्रवणकुमारले घरायसी विवादका क्रममा गत माघ २० गते साँझ आफ्नै बुवा ७० वर्षीय सत्रुधन सहनीलाई लछारपछार र कुटपिट गरेका थिए ।
छोराको आक्रमणबाट गम्भीर घाइते भएका सत्रुधनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार उपचार सम्भव नहुने भनेर अस्पतालले डिस्चार्ज दिएपछि उनलाई घर लगेर राखिएको थियो । सत्रुधनको आफ्नै घरमा फागुन २८ गते मृत्यु भएको डीएसपी लामिछानेले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
