राष्ट्रिय समाचार

केपी ओलीसहित उच्च अधिकारीलाई कारबाही गर्न आयोगको सिफारिस

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भएको दमनका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च पदस्थ अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको छ ।

आयोगको छानबिन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई विस्तृत प्रतिवेदन बुझाउँदै दोषीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको हो ।

बिज्ञापन

आयोगकी सदस्य लिली थापाको अध्यक्षतामा गठित छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरू उक्त घटनाप्रति जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ ।

छानबिन समितिका एक अधिकारीका अनुसार राष्ट्रिय सुरक्षा परिषद्ले आवश्यक आकलन र तयारी गर्न नसकेको देखिएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा परिषद् तथा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूलाई समेत कारबाही सिफारिस गरिएको छ ।

आयोगले यस प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीसहित ८१ जनाको बयान लिएको थियो । पूर्वतयारीको अभावका कारण आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको निष्कर्ष समितिले निकालेको छ ।

२४ भदौमा गठन भएको छानबिन समितिले ६ महिनाभन्दा बढी समय लगाएर अनुसन्धान सम्पन्न गरेको हो । आयोगले अब आगामी बैठकमा उक्त प्रतिवेदन पेस गरी आवश्यक निर्णय गर्ने जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।