संसदकाे पहिलो बैठकमा हर्क साम्पाङले एमसीसी खारेजसहित ४ प्रस्ताव राख्ने

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रतिनिधि सभामा एमसीसी खारेजी आफ्नो पहिलो प्रस्ताव हुने बताएका छन् ।
नयाँ संसद्को पहिलो अधिवेशनमा आफूले पेस गर्ने मुख्य प्रस्तावहरू सार्वजनिक गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको प्रस्ताव लैजाने बताएका हुन्।

उनले एमसीसी राष्ट्रिय हित विपरीत ठहर्याउँदै यसको खारेजीलाई संसद्मा आफ्नो पहिलो प्रस्तावको रूपमा लैजाने बताएका हुन् ।
उनले हालको शिक्षा प्रणाली व्यावहारिक नभएको र यसले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको तर्क गर्दै उनले शिक्षा क्षेत्रमा आमूल र तात्विक परिवर्तनको आवश्यकता औँल्याएका छन् ।
उनले देशको सार्वभौमिकता रक्षाका लागि सीमा सुरक्षालाई मजबुत बनाउनुपर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर उकास्न विशेष विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।
उनले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न प्रत्येक स्थानीय तहमा अनिवार्य रूपमा एउटा उद्योग स्थापना गर्ने नीतिगत प्रस्ताव उनले अघि सारेका छन् ।
उनले भनेका छन्, ‘पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज , शिक्षामा तात्त्विक परिवर्तन सीमारक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास र आर्थिक विकास, एक पालिका एक उद्योग आदि ।’
श्रम संस्कृति पार्टीले निर्वाचनमा ३ सिट प्रत्यक्षतर्फ जितेको छ । सो पार्टीले ४ सिट समानुपातिक तर्फबाट प्राप्त गरेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
