राजनीति

कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बिज्ञापन

प्रस्तावित कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले बताए । त्यसै गरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने काँग्रेसले जनाएको छ ।

साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ । यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।