सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः आज (बिहीबार)देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन।

शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार परिक्षा सम्पूर्ण तयारी पुरा भएको बताए। “प्रश्नपत्र र उत्तरपुस्तीकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्यालन भइसकेको छ,” महानिर्देशक विष्टले भने, “परीक्षालाई शान्तिपूर्ण सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको छ।” उनका अनुसार सुदूरपश्चिमबाट नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेडवृद्धिमा ११ हजार ४८५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन्।
    
परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ विद्यार्थी छन्। सबैभन्दा कम बाजुरामा दुई हजार ४२६ विद्यार्थी छन्। दार्चुलामा तीन हजार ५६८, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा चार हजार ५२९, अछाममा चार हजार ४९१, बझाङमा तीन हजार ४२१, डोटीमा तीन हजार ३१४ र डडेल्धुरामा तीन  हजार ४८ परीक्षार्थी रहेका छन्।

बिज्ञापन

महानिर्देशक विष्टका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षकलाई परीक्षामा गरिएको छ। प्रतिपरीक्षा केन्द्रमा १५ जनाका दरले तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटिएको निर्देशनालयले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।