बिश्व

इस्लामाबादमा अमेरिका–इरान वार्ताको पहिलो चरण सम्पन्न, छोटो विश्रामपछि फेरि छलफल हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बेलुका करिब सवा ४ बजे अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको थियो।

लोक कल्याणकारी विज्ञापन

बीबीसीका अनुसार अमेरिका–इरानबीचको वार्ताको पहिलो चरण समाप्त भइसकेको छ।

लोक कल्याणकारी विज्ञापन

दुई सरकारी अधिकारीहरूले बीबीसीलाई पुष्टि गरेअनुसार, करिब दुई घण्टा ३० मिनेटसम्म चलेको वार्तामा पाकिस्तानी मध्यस्थहरू पनि सहभागी थिए।

बिज्ञापन

एक स्रोतका अनुसार प्रारम्भिक वार्ता “सकारात्मक” रहेको छ। साथै, छोटो विश्रामपछि तीन पक्षीय (अमेरिका–ईरान–पाकिस्तान)वार्ता फेरि सुरु हुने पनि पुष्टि भएको छ।

वार्ता सेरेना होटलमा भइरहेको छ। पहिलो चरणको वार्ता प्रत्यक्ष नभई मध्यस्थमार्फत भएको थियो, जहाँ पाकिस्तानी अधिकारीहरूले दुवै देशबीच सन्देश आदान–प्रदान गरिरहेका थिए। यदि वातावरण अनुकूल बनेमा प्रत्यक्ष वार्ताको सम्भावना पनि रहेको बताइएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस द्वन्द्वमा इरान “गम्भीर रूपमा हारिरहेको” बताएका छन्। स्रोतहरूका अनुसार प्रारम्भमा सन्देश आदान–प्रदान पाकिस्तानी माध्यमबाटै हुनेछ र सकारात्मक प्रगति भए प्रत्यक्ष संवादतर्फ अघि बढ्न सकिनेछ।

वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार राति इस्लामाबाद पुगेको थियो भने अमेरिकी प्रतिनिधिमण्डल शनिबार बिहान आइपुगेको हो।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन