सुदूरपश्चिम प्रदेश

बल लिन बारीमा गएका ११ वर्षिय बालकलाई चोरको आरोपमा हातखुट्टा बाँधेर कुटपिट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । कञ्चनपुरमा ११ वर्षिय बालकलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको घटनाले एउटा बालकप्रति कुनै व्यक्ति यति क्रूर र निर्दयी हुन सक्छ भन्ने प्रश्न उब्जाएको छ ।

बिहीबार बिहान करिब ९ बजे बेदकोट नगरपालिका–५ स्थित चौधर नदी नजिकैको खुला ठाउँमा ११ वर्षिय लोकेश भनिने राजेश भण्डारी साथीहरूसँग क्रिकेट खेल्दै थिए । त्यतिकैमा क्रिकेट बल स्थानीय ३६ वर्षिय भोजनाथको खेतमा जान्छ । बालक बल लिन बारीमा पुग्छन् । आफ्नो बारीमा बालकलाई देखेपछि नाथले तरभुजा चोर्न आएको भन्दै हातखुट्टा बाँधेर निर्घात कुटपिट गरे ।

बिज्ञापन

रुँदै कराउँदै बालकले आफू चोरी गर्न गएको होइन भनिरहे, तर भीड उनको भिडियो बनाउन व्यस्त बन्यो, जोगाउन लागेन । केहीबेरमै प्रहरीलाई खबर भएपछि प्रहरी पुगेर बालकको उद्धार गरेको थियो ।

‘नदी किनारमा बाँधेर कुटपिट गरेको खबर हामीले पाउनासाथ बालकको उद्धार गरेर उपचार गर्न लगेका थियौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम शाहीले भने, ‘बालकको टाउकोमा तीन टाँका लागेको छ। अहिले स्वास्थ्य सुधार हुँदै छ ।’

घटनालगत्तै बालकलाई कुटपिट गर्ने व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा दर्ता भई सात दिनको म्याद थप भएको छ। बालकका बाबुआमा कामको शिलशिलामा भारतमा छन् । उनी मामाघरमा बस्दै आएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।